काठमाडौं । आफू प्रहरीको डिएसपी हुँ भन्दै काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
आइतबार एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो जसमा एक जना मधेशी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी भएको भन्दै गालीगलोज गरेको प्रष्ट देखिएको छ ।
दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् । वीरगञ्जका अंकित गुप्तालाई श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।
धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले पुष्टि गरेको छ । शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा विवाद भएको बताइएको छ ।