वीरगन्ज । पर्सा क्षेत्र नं ३ का सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले समाजका सबै पक्ष सँग सद्भाव कायम राख्न अपील गर्नु भएको छ।
मंगलबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले पर्साको वीरगंजमा कर्फ्यु लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने बताए ।
सांसद गुप्ताले सामाजिक सद्भाव खलबल्याउन सामजिक संजालको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘वीरगन्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको सामाजिक सञ्जाल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।’
पर्सा लगायत वीरगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद गुप्ताले सहरमा शान्ति सुरक्षा र सद्भाव कायम राख्न संयम भएर लाग्न विरगंजबासीलाई अनुरोध गर्नुभयो ।
परिवर्तनको साक्षी रहेको वीरगंज शहरमा बाहिरबाट आएका केही असामाजिक तत्वहरुले आपसी सद्भाव भड्काउन खोजेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता तत्व संग सजग रहन आग्रह गर्नु भएको छ ।