वीरगन्ज । अति आवश्यक कामका लागि घरबाट बाहिर निस्केका बेला मंगलबार माइस्थान चौकमा असई यादवको कमाण्डमा खटिएको प्रहरीले सोधपुछ नगरी एकोहोरो लाठी प्रहार गरे भुक्त भोगीहरुले गुनासो गरेका छन् ।
“सोध्दै नसोधी एक्कासि देख्नबित्तिकै लौरी प्रहार गरी रहेका छ्न् । असई यादव आफूलाई बाहुबली ठान्दै उग्र रुपमा एकासी नसोधिकन लाठि प्रहार गरिरहेका छन् । बोल्दा मूल छाडेर कुरा गर्ने असई यादव कर्फ्युको बहाना रिष साँध्ने काम गर्दै गरेको स्थानियहरुले बताएका छ्न् ।
असई यादवले माइस्थान चौकमा अति आवश्यक कामका लागि बाहिर निस्केकाहरुले दुखेसो पोख्दै बाहिर नजानु भने हुन्थ्यो नि आफैं कुटपिटमा उत्रिएको दुखेसो पोखे ।
कर्फ्युलाई कडाइ गर्ने बहानामा पर्सा प्रहरीले गरेका ज्यादतिका घटना बढ्दै गएको छ । यस्ता थुप्रै घटना छन्, जो कतिपय सार्वजनिक हुन पाउँदैनन्। कर्फ्युको पालना गराउन टोल–टोलमा पहरा दिइरहेको प्रहरीले नागरिकलाई सम्झाइबुझाई गर्नुको साटो उल्टै कुटपिट र तोडफोडमा उत्रिने गरेको पाइएको छ ।
अत्यावश्यक कामको सिलसिलामा घर बाहिर निस्केका सर्वसाधारणलाई सोधपुछ नगरी कुटपिट गरेपछि प्रहरीको चर्को आलोचना हुन थालेको छ।
कर्फ्युको बहानामा प्रहरीद्वारा भएको मानव अधिकार उल्लङ्घनका घटनालाई नजरअन्दाज गर्न नमिल्ने स्थानियहरुले बताएका छन् । असई यादवले अनाहकमा कुटपिट गरेका घटना थुप्रै छ ।