बीरगञ्ज । पर्साको ग्रामीण भेग पटेर्वासुगौली गाँउपालिकाबाट गिटी र बालुवा लिएर आउने ट्रयाक्टर चालकसँग माँगे जति रकम नपाउँदा प्रहरी चौकी महुवनका असई धर्मेन्द्र कुमार साह तनावमा देखिएका छन् ।
श्रोतका अनुसार असई साहले हिजो बालुवा लोड गरी आउँदै गरेको ट्रयाक्टर चालकसँग बालुवा ओभर लोड रहेको बताउँदै बढी रकम मांग गरेपछी चालकले त्यति रकम दिन इनकार गरेपछी असई साहले चालकलाई कुटपिट गरी आफूसँग अभद्र व्यवहार गरेको भन्दै चालक माथि मुद्दा चलाउन इलाका प्रहरी कार्यालय पोखरीयामा पठाएका छन् ।
माँगे जति रकम नदिएको भन्दै कान्नले कम सुनिने ट्रयाक्टर चालकलाई कुटपिट गरी झन् बहिरो बनाई मुद्दा चलाउन आफै प्रतिवेदन तयार गरी असई साहले इलाका प्रहरी कार्यालय पोखरीयामा थुन्न लगाएका छन् ।
यस विषयमा कुरा गर्ने पुगेका केहीलाई आफ्नो ठूलो स्तरको मानिससँग चिनजान रहेको भन्दै कही कतै भएर वा लेखेर पनि केही हुनेवा छैनन भन्दै मुख छाडी कुरा गर्दै त्यहाँबाट पठाएका छन् ।
असई साहले घुमुवा परिचालन गरि आफ्नो एरियामा आउने विभिन्न किसिमको तस्करीको समान जस्तै जंगलबाट आउने काठ लगाएतका अवैध रुपले संचालन गरी मदिरा भट्टीका पसलहरुबाट समेत रकम असुल्ने गरेको नाम नछाप्ने शर्तमा एक पसल संचालकले बताएका छन् ।
संरक्षणको जिम्मा पाएको सुरक्षाकर्मी नै तस्करलाई सहयोग गर्न थालेको देखेर स्थानीय चकित बनेका छन् ।यस्ता गतिविधितर्फ संबन्धित निकायको ध्यान जान यति आवश्यक देखिएको छ।