राकेश साह


वीरगंज,बैशाख २५
नारायणी अस्पतालका मेसु संजय ठाकुरले कोभिड बिरामीको उपचार गर्न आफुले आफनो सिमा नाघेर काम गरिरहेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मेसु ठाकुरले सिमित साधन श्रोतमा नारायणी अस्पताले उत्कृष्ट सेवा दिइरहेको दावी गर्नुभयो । उहाँले कोभिड बिरामीको उपचारको लागि आफनो टिम दिनरात काम गरिरहेको बताउनुभयो । उहाँले दोस्रो लहर नियन्त्रण गर्न आफुले सरोकारवाला निकायहरुलाई आग्रह गरेपनि सहयोग नपाएको दुखेसो व्यक्त गर्नुभयो । उहाँले नेताको मान्छेलाई अस्पतालमा नराख्दा र नेताहरुलाई रिझाउन नसक्दा आफुमाथि निरन्तर चरित्र हत्याको प्रयास भएको आरोप लगाउनुभयो । उहाँले नारायणी अस्पतालमै दाखिला नभएको रेम्डेसिभिर औषधि बेच्नु हास्यपद भएको बताउनुभयो । उहाँले औषधि बेचेको प्रमाणीत गर्न खुल्ला चुनौती दिनुभयो । उहाँले आफनो कामलाई ओझेलमा पार्न अफवाह फैलाएको दावी गर्नुभयो । नारायणीले अहिले सम्म सय भन्दा बढि सिकिस्त बिरामीलाई निको पार्न सफल भएको बताउनुभयो । उहाँले दिनरात नभनिकन स्वास्थ्यकर्मीहरु काम गरेपनि मनोबल खसाउने काम भएको प्रति दुखेसो व्यक्त गर्नुभयो । उहाँले आफु आएदेखि नारायणी अस्पतालमा राजस्व वृद्धि भएको बताउदै अस्पतालमा थुप्रै सेवा थपिएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा समाजिक दुरी कायम गर्न खोज्दा कर्मचारी माथि आक्रमण भएको बताउनुभयो । उहाँले अस्पताललाई यथास्थितीमा राख्न खोज्नेहरुको संजाल तोड्न खोज्दा आफु माथि निरन्तर प्रहार भएको बताउनुभयो ।नेताको कुरा नमान्दा आफु बिरुद्ध भ्रमित,कपोकलपित र चरित हत्याका अफवाह फैलाएको आरोप लगाउनुभयो । मेसु ठाुकरले जनताको सेवा गर्न नारायणीमा आएको बताउदै रितो व्याग लिएर आएको र रितै फर्कनि बताउनुभयो । उहाँले अस्पतालमा हावी संजाल तोड्न आफु काम गरेकोले भ्रमित समाचारको शिकार भएको आरोप लगाउनुभयो । उहाँले अस्पताल सुर्धान आफु निरन्तर काम गरिरहेकाले जति षड्यन्त्र भएपनि आफु अस्पतालको बिकाश गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे । उहाँले प्रदेश २ मै नारायणी अस्पतालले उत्कृष्ट सेवा दिएको दावी गनर््ुभयो । नारायणी अस्पतालको बिकाश गर्न खोज्दा गलत तत्वहरु सलबलाएर गलत खबर फैलाएको दावी गर्नुभयो ।