पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ सिद्धपुर गाउँमा रहेको शिव मंदिरको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बीच विधवतरुपमा पुजापाठसहित वृक्षा रोपण गरि सीद्धपुर गाउँमा नवनिर्मित शिव मन्दिरको संघीय सांसद राजकुमार गुप्ता र प्रदेश सभा सदस्य प्रमोद जैसवालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मन्दिर उद्घाटन कार्यक्रममा सांसद गुप्ताले मन्दिर निर्माण भए सँगै यस क्षेत्रमा धार्मिक पर्यटन बढने विश्वास ब्यक्त गरे । उनले लामो समय देखी मन्दिर निर्माण गर्ने सपना पनि गाउँबासीहरुको पुरा भएको बताए ।
प्रथम गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले कार्यकाल देखि निर्माण गर्न लागिएको मन्दिर अधुरो रहेको अवस्थामा क्षेत्र नं ३ (क) बाट निर्वाचित प्रदेश सांसद प्रमोद जैसवालको संसदीय कोषको रकमबाट पूर्ण रूपले निर्माण भएको प्रदेश सभा सदस्य जैसवालले बताए ।
साथै सिद्धपुरमा फाल्गुन २५ गतेदेखि सप्ताह यज्ञमा आवश्यक पर्ने सम्पूर्ण सामग्री लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता समेत सांसद गुप्ताले गरेका छन् ।