बीरगंज, बैशाख २६
पर्साको बहुदरमाई नगरपालिकाको वाड नम्बर ६ टोल गम्हरियामा २ दिन देखि भएको लगातार वर्षाका कारण बाटोमा हिलो भई बाटो अवरुद भएको छ। बहुदरमाई नगरपालिकाले नगरदाहा देखि गम्हरिया सम्मको बाटोको दुबै तिर नाला र बाटो पिचको लागि ३ करोड ४८ लाख बजेट निकासा गरि अंकृत कन्ट्रक्शनले ठेकाको जिम्मा लगाईसकेको छ। तर दुई बर्ष बिति सक्दा पनि अहिले सम्म बाटोको पिच निर्माणको काम भएको छैन ।गम्हरियाको नहर देखि ४/५ सय मिटर मात्र पिचको काम भएको र त्यसपछि बहुदरमाई नगरपालिकाको मेयर नितेन्द्र साह र अंकृत कन्ट्रक्शनका ठेकेदार सुरेश कुर्मी बिच भएको सम्झौता अनुसार केही कुरा मिलन नसकेको कारण बाटोको पिच निर्माणको काम अहिलेसम्म स्थगित रहेको छ।पानी परेपछि बाटो हिलै हिलो भएको कारण सधै आवत -जावत गर्ने सावारी साधन तथा पैदल यात्रीलाई शास्ती भएको स्थानियहरुको गुनासो छ।