बीरगंज,बैशाख २६
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा यसको जोखिम पक्षलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित पशुपतिनगरमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा युवाहरुले १० शैयाको आईशोलेसन वार्ड ३वटा अक्सिजन ग्याससहितको सिलिण्डर राखि बनाएका छन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्बन्धीत निकायले चासो नदेखाएपछि युवाहरुले नै आईशोलेसन वार्ड बनाएका हुन् ।अब सञ्चालनमा आउने सो वार्ड आवश्यक्ताको आधारमा बढाउन पनि सकिने गणेश ढुंगानाले बताए । अरुको ज्यान बचाउन आफुहरुले आईशोलेसन वार्ड तयार गरेको ढुंगानाले बताउनुभयो । यसको व्यवस्थापन गर्न वडा नं. २ को कार्यालयले हालसम्म मौखिक प्रतिवद्धता मात्र व्यक्त गरेको भन्दै ढुंगानाले दक्ष जनशक्तिको लागी वडासंग पहल गर्ने र आईशोलेसन वार्ड सञ्चालन गरिने बताउनुभयो ।उपमहानगरपालिका र वडालाई आईशोलेसन वार्ड बनाउन पटक पटक ताकेता गरेपनि चासो नदेखाएकाले बाध्य भएर अग्रसरता देखाउनुपरेको ढुंगानाले बताए ।