काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत अवस्थामा भेटिएका छन् ।
कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङका अनुसार सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । बस्याल सीमा सुरक्षा गुल्ममा कार्यरत थिए ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले पनि डीएसपी बस्याल मृत्यु अवस्थामा भेटिएको पुष्टि गरेका छन् । डीएसपी बस्यालले आत्महत्या गरेको शंका गरिएको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्ने डीआईजी खापुङले बताए ।