काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बाेलाएकाे छ ।
फागुन २६ गतेका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयाे । नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै राप्रपाले आफ्नो धारणा तय गर्न बैठक बाेलाएकाे हाे ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बाेलाइएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।