बीरगंज,बैशाख २६
जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको बहुदरमाई नगरपालिकाको बिश्रामपुरबाट ७० किलो ४८० ग्राम अवैध लागु औषध गाजा बरामद गरेको छ।बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने सोती कलवारको घरबाट ठुलोमात्रामा गाजा बरामद गरेको हो । लागु औषध गाजाको कारोबार भईरहेको सुचनाको आधारमा सोती कलवारको घरमा जादा प्रहरीलाई देखी कलवार मोटरसाईकल चढी फरार भएको र निज कलवारको घर रितपुर्वक खानतलासी गर्दा कलवार सुत्ने कोठाको खाट मुनी ४ ओटा बाल्टिनमा १६ ओटा पोकामा ७० किलो ४८० ग्राम अवैध लागु औषध गाजा बरामद भएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।गाजा बरामद भएपछि फरार भएका घरधनि सोती कलवारको व्यापक खोज तलास भईरहेको र कलवार विरुद्ध लागु औषध गाजा सम्बन्धी कसुरमा आजै मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।