वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपालद्वारा संचालित स्वामी बिवेकानन्द संस्कृतिक ज्ञानद्वारा आयोजित परिक्षा कार्यक्रम विरगंजको पुरानो बसपार्कको आर्दशनगरमा सम्पन्न भएको छ ।
हिन्दू स्वंयसेवक संघका संयोजक मुनिलाल कर्णको अध्यक्षता तथा मधेस प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको परिक्षामा ५८ वटा निजी तथा सामुदायिक बिधालयका ३ हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विभिन्न जातजाति भाषा धर्म संस्कृतिक संग जोडिएका प्रश्नपत्र रहेकोमा ३० मिनेटको परिक्षामा ५५ जनाले ५० अंक ल्याउन सफल भएकोमा गोलाप्रथा बाट बिजेताहरु चयन गरिएको थियो ।
प्रथम माइस्थान बिधापिठ माध्यमिक बिधालय नगद रु २२ हजार दोस्रो साउथजोन माध्यमिक बिधालय रु १६ हजार ५०० सय तेस्रो एनआइ कलेज रु १२ हजार ५०० सय पाउन सफल भएका थिए ।
कार्यक्रममा प्रमुख प्रवक्ता हिन्दु स्वयंसेवक संघका विभाग संघका संचालक ललन दिवेढी,जिल्ला संघ संचालक पर्सा माधवराजपाल सहसंयोजक जियालाल गुप्ता, आलोक चौरसिया,राम श्रेष्ठ तथा सामुदायिक बिधालयका प्रअहरु तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।