वीरगञ्ज । स्थानिय तहमा संचालन हुने दादुरा रुवेला खोप अभियानमा स्थानिय सरकारले सहयोग सुरु गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ को कार्यालयद्धारा शहरी स्वास्थ्य प्रबर्दन केन्द्रलाई खोप अभियान तथा अन्य बिभिन्न संचारकार्यमा प्रयोगका लागि एक थान ट्रली स्पीकर सहयोगका गरेको छ । वडा नं. १६का वडा अध्यक्ष प्रशुराम चौरसियाले केन्द्रका प्रमुख रितेश जैशवाललाई सो सामाग्री मंगलवार हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा शहरी स्वास्थ्य प्रबर्दन केन्द्रका हेल्थ असिष्टेन्ट अरुण यादवलगायत स्थानियको सहभागीता रहेको थियो । सरकारले यहि फाल्गुन २७ गतेबाट ९ महिना देखि १५बर्ष सम्मका बालबालिकाहरुका लागि दादुरारुबेला खोप अभियान संचालन गर्न गरिरहेको छ ।