वीरगंज । बुधबार राती निधन भएका पत्रकार नेहाल खानको आज बिहिबार दिउँसो अन्त्येष्टि गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा सदस्य , नेपाल टेलिभिजनका पर्सा संवाददाता लगायत प्रेस चौतारी नेपाल पर्साबाट आवद्ध समेत रहेका खानको आर्दशनगर स्थित कव्रिस्थानमा मुस्लिम परम्परा अनुसार दिउँसो डेढ बजे अन्त्येष्टि गरिएको हो ।
खानको पार्थिव शरिरमाथि नेपाल पसत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,सचिव भूषण यादव , कोषाध्यक्ष संजिव मिश्रा , सह सचिव जितेन्द्र साह , सदस्य श्याम कुशवाहा , ज्योती जागरण दैनिकका कार्यकारी सम्पादक कृष्णा कुशवाहा लगायतको टोलीले खानको पार्थिव शरिर माथि संघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै प्रेस चौतारी नेपाल पर्सा अध्यक्ष तुलसी भण्डारी लगायतको टोलीले चौतारीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल मुस्लिम पत्रकार समाजका अध्यक्ष मन्सुर खानले समेत आफनो संघको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
गत सोमबार विरगंजको भवानी अस्पतालमा भर्ना भएका खानको अवस्था झन् खराब हुँदै गएपछि वीरगंज हेल्थकेयर अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको थियो । पत्रकार खान झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका थिए । ५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन् ।
कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको नभएका कारण उनी घरमै बसी अक्सिजन लिने गरेका थिए । खानकी पत्नि अजमा खातुनपनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन् ।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ। खानका दुई छोरी र दुई छोरा छन ।