वीरगन्ज २७ बैशाख : वीरगञ्जमा कोरोनाको महामारी चलिरहेको छ दैनिक २÷३ जना कोरोनाले मृत्यो भइरहेको छ । वीरगन्जमा रहेको एउटा सरकारी अस्पताल नारायाणीमा कोरोनाको विरार्मीलाई उपचारमा जुटेको छ । कोरोनोको उपचारमा नारायाणी अस्पताले दिन रात सेवा दिरहदा वीरगन्जका समाजसेवीहरुले केहि नगर्ने तर एउटा निजि अस्पतालाई भेन्टिलेटर सहयोग गरि रहेका छन ।
वीरगञ्जमा हिजो आइतवार उद्घाटन गरिएको स्पर्स मल्टिस्प्यासिलिटी हस्पिटललाई समाजसेवीहरुको एक समूहले १ थान भेन्टिलेटर उपलब्ध गराएको छ । सरकारी अस्पतालमा भेन्टिलेटरको अभावमा विरार्मीलाई जसोतसो उपचारमा लागेको छ तर आफुले समाजसेवीहरु भन्नेले एउटा निजि अस्पताललाई भेन्टिलेटर दिएपछि अहिले वीरगन्जका नागरिकले फेस्बुकमा टिक्कटिपनी गरि रहेका छन ।
फेस्बुकबाट लिएको
निर्लज्ज र तुच्छ समाजसेवि १ गरिब र बिपन्नको उपचार हुने सरकारि अस्पताल लाई भेन्टिलेटर दान नदिने सेवै शुरु नभएको निजि अस्पताल लाई दान दिएर धनि पोस्ने, गरिब उपचार बिना मर्ने रु उत्रियो समाज सेवाको कथित पगेरि गुथेको अनुहारहरु धिक्कार छ । के भन्लान ति बेसहारा गरिबको आत्माले । अनि उनिहरुको क्रन्दनले अमिरहरुलाई केहि परवाह नहोला तर उपचार नपाएर हिजै त्यहि अस्पतालबाट फर्केका रिक्सा चालकको श्रीम्तीले दानवीरको मुखुण्डो लगाएकाहरुलाइ कति श्राप दिइन होला कठै