बिरगंज । शहरी स्वास्थ्य प्रर्बधन केन्द्र नगवा तथा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ले सयुक्तरुपामा दादुरा रुवेला खोप अभियान सफल बनाउन शनिबार घर दैलो अभियान सुरु गरेको छ । केन्द्रका निमित्त प्रमुख तथा एच.ए अरुण यादवको संयोजनमा भएको अभियानको बारेमा सर्वसाधारणलाई स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।
त्यस वडामा अभियान सफल बनाउन वडा कार्यालयले एक थान अटो रिक्सा पनि खरिद गरेको छ । सो अटो रिक्साले स्वास्थ्य चौकीको बिभिन्न कार्य तथा वडा एवम् वडा बासीलाई सहयोग पुग्ने गरेको छ । अटो चालकले कति पटक बिरामीहरुलाई समेत स्वास्थ्य चौकी सम्म लगने गरेको चालकले बताए ।
वडा नं १६का वडा अध्यक्ष परशुराम कुमार चौरसिया खोप अभियानले भोलीको भबिष्य बालबालिकाहरुलाई सुरक्षीत राख्ने भएकोले सबैलाई सहयोग गर्न अपिल गर्नु भयो ।
यस वडामा फाल्गुन २७ गतेबाट चैत्र ०५ गते सम्म ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई स्वास्थ्य चौकी तथा बिभिन्न बिध्यालयहरुमा खोप लगाउने केन्द्रका निमित्त प्रमुख तथा एच.ए अरुण यादवले जानकारी दिनु भयो । शनिबारको घरदैलो अभियानमा पुर्व अध्यक्ष, सुरक्षकर्मी तथा स्थानिय समाज सेवीको सहभागीता रहेको थियो ।