बीरगंज, वैशाख २७
बाराको देवताल गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणको विश्वव्यापी महामारीलाई मध्य नजर गर्दै आईसोलेशन तयार गर्नको लागि सर्वदलिय बैठक बसाइ छलफल गरेको छ। गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहको अध्यक्षतामा भएको उक्त सर्बदलिय बैठकले आईसोलेशन संचालन गर्ने निर्णय गरेको छ। बैठकबाट एम्बुलेन्स व्यवस्था कसरि गर्नेबारे कुरा आएपछि बैठकमा बोल्दै अध्यक्ष सिंहले भने कि गाउँपालिका अध्यक्षले चढ्दै आएका गाडीलाई नै कोरोना भाइरस सङ्क्रमणको अवधि भरि एम्बुलेन्सको रुपमा प्रयोग गरि जनतालाई सहयोग गर्ने। फेरी प्रस्थिति सामान्य भएमा गाउँपालिका अध्यक्षले सो गाडीलाई गाउँपालिकाको कामकाजका लागि प्रयोग गर्ने छन।