वीरगन्ज । भोजपुरी कला, संस्कृति तथा भाषा रक्षाको अभ्यासको सवालमा बिभिन्न अध्ययन, बिचार गोष्टी तथा कार्यशाला आयोजना भईरहेकोले सरोकारबाला यसलाई साकारात्मक सुरुवात भएको बताएका छन । समाजलाई कालान्तर सम्म जोडेको भोजपुरीको संगीतलाई धमिल्याउन खोजिएकोले यसको रक्षाका लागि भोजपुरी अभियानताहरु कम्मर कसेर लागेका छन ।
भोजपुरी अभियान्ता अशोक कुशवाहाले समाज जोड्ने काममा बिभिन्न भोजपुरी अभियान संचालन भईरहेकोले नयाँ पुस्तालाई बिभिन्न संस्कृतिको बारेमा जानकारी हुने बताउनु हुन्छ
भोजपुरी गित संगीतामा आएको बिकृतीले सम्पुर्ण समुदायको मापन तथा मुल्याकन हुनै नसक्ने गितकार तथा संगितकारहरुको भनाई छ । बिकृती हटाउन सबै लाग्नु पर्ने उनिहरुको धारणा छ ।
भाषा विद्ध डा. बिशम्बर शर्मा साहित्य श्रृजना र लेखकको कलमले समाज तथा भुगोलले नछेक्ने भएकोले गतिको आवश्यक रहेको बताउनु हुन्छ ।
मधेश प्रज्ञा प्रतिष्ठान मधेश प्रदेशका अध्यक्ष राम भरोश कापडी सरकारले भाषा, साहित्य रक्षाको काममा लागेकोले सबै संग सहकार्य गरिने बताउनु हुन्छ । प्रज्ञा प्रतिष्ठानको कतिपय रकम फ्रिज भएर जाने अवस्था रहेकोले हामी सबै एकजुट भएर सवल समाज निमार्ण लाग्नु पर्ने बताउनु हुन्छ ।