बीरगंज, वैशाख २७
दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमणको चैन रोक्न स्थानीय प्रशासन द्वारा जारी गरिएको निशेधआज्ञा कारण अल्पत्र परेका यात्रुहरुलाई वाइसीएल पर्साले उद्दार गरेको छ । रोजगारीको लागि भारतको बिहार राज्यको मोतिहारी पुगेका र कोरोना संक्रमणको फैलिदो अवस्था लाई मध्यनजर गर्दै आफ्नो गन्तब्य स्थल नेपाल फर्किदा बिरगंजमा अलपत्र परेका अछामका ८ जना यात्रु लाई वाइसीएल पर्साले उद्दार गरेको हो ।अछाम जिल्ला निवासी जनक कार्की , रमेश बिसि , उदय सिह , धनराज बुढा , रमेश कामी , मान बहादुर बुढा , केयर सिह बुढा र मोहन बि.क.लाई बिरगंज स्थित बसपार्कबाट स्थानीय प्रशासनको समन्वयमा गन्तव्य स्थल पुर्याउन सहयोग गरिएको वाइसीएल पर्साका संयोजक ओमप्राकश गुप्ताले बताए ।अलपत्र परेका आठ जनालाई स्थानीय प्रशासनको समन्वयमा ना.४ ख ५०९९ नम्बरको गाडीले पथलैया पुर्याइएको समेत संयोजक गुप्ताले बताए । उद्दार कार्यमा वाइसीएलका प्रदेश न .२ का सदस्य पिंटु रौनियार र पर्सा गढि ना .पा. का इन्चार्ज बिक्रम कार्कीको सकृय उपस्थित रहेको थियो ।