कृष्णा कुशवाहा
बीरगंज, बैशाख २८
पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा नम्बर ३१ बाट चोरी भएको मोटरसाईकलसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवा बस्ने सुरेन्द्र यादवको नाममा दर्ता रहेको ना १९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकल निजको घर कम्पाउन्डभित्र मिति २०७८/०१/२८ गते दिउँसो ०१:१५ बजेको समयमा प्रवेश गरी लक फुटाई चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरी टोलीले मिति २०७८/०१/२८ गते दिउँसो ०२:०० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं ३१ भेड्याखोलाको पुलमा फेला पारी मोटरसाइकल सहित एक जनालाई पक्राऊ गरेको छ ।पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं ४ का २३ वर्षिय नसिर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ परेका मानिसलाई चोरी सम्बन्धि कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।