पर्सा । युनाईटेट स्टेपस्स आफ एजुकेशन भिजन फाउण्डेसन वीरगञ्जले शिक्षाको हालको अवस्था तथा सुुधारको प्रयास बिषयमा छलफल सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डा.स्वेता झाको अध्यक्षतामा वीरगञ्जको नेशनल एकेडेमी कलेजमा भएको कार्यक्रममा शिक्षा पत्रकार तुल्सी भण्डारी, कलेजका निर्देशक रंजीत पटेल,प्र.अ सन्देश कुशवाहा,शिक्षक गुडु रौनिया, दिलिप प्रजापतिलगायतको सहभागीता रहेको थियो ।
छलफल कार्यक्रममा शिक्षा पत्रकार तुल्सी भण्डारीले बिभिन्न पालिकाको तथ्याक सहित सुझाव प्रस्तुत गर्नु भएको थियो भने शिक्षक गुडु रौनियारले शिक्षा हासिल गरेको बिध्यार्गीहरु अवसरबाट बंचित रहेको बताए ।
त्यस्तै शिक्षक दिलिप पंडित महानगरले छोटो समयका लागि स्वयम सेवमक शिक्षक भर्ना गरेको तथा छोटो समयमै हटाएकोमा दुख व्यक्त गर्नु भयो । यसै बिच व्यक्तहरुले सबै प्रदेशको तुलनामा मदेश प्रदेश शिक्षा साक्षारतामा पछाडी रहेको तथा प्रदेश सरकारको शिक्षामा उपस्थिती शुन्य रहेकोमा जोड दिएका थिए ।
युनाईटेट स्टेपस्स आफ एजुकेशन भिजन फाउण्डेसनका सचिव राजेन्द्र सिंहले संचालन गर्नु भएको सो छलफल कार्यक्रममा संस्थाका उपाध्यक्ष जितेशचन्द्र दास एवमु सदस्य मनोज कुमार मिश्रले आ आफनो बिचार व्यक्त गरेका थिए ।