बीरगंज,बैशाख २९
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा-५,चिलझप्टी गाउँ मा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको ज्यान गएपछि गाउँ नै सिल गरिएको छ।गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको आग्रहमा तथा स्वास्थ्य शाखाको समन्वयमा जिल्ला जन स्वास्थ कार्यालय पर्साबाट गएको चिकित्सकहरुको टोलिले स्वाव संकलन कार्य शुरु गरेको छ। जिल्ला जन स्वास्थ कार्यालय पर्साबाट आज खटिएका चिकित्सकहरुको टोलिले चिलझपटी गाउँमा स्वाब संकलन गरि एनटिजेन परिक्षण गर्दा ११ जनामा ७जनाको रिपोर्ट पोजिटिभ पाइएको तथा २५ जनाको स्वाब पिसिआर टेष्टको लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाइएको छ।कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिने हुनाले गाउँमा संक्रमण फैलिन नदिन गाउँलाई नै सिल गरि पूर्ण रुपमा आवागमनमा प्रतिबन्ध लगाइएको गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले जानकारी दिनुभएको छ। साथै भोलि देखि प्रत्येक घर-घरमा स्वाब संकलन तथा संक्रमितहरुको घरमा गापाबाट निशुल्क औषधि समेत वितरण गरिने बताउनु भएको छ।
कोरोना संक्रमणका कारण बिरगंजमा बेडअभाव र उपचार नपाएर ज्यान गुमाउने संख्या दिनानुदिन बढै गएको हुनाले गाउँपालिकाले आफ्नो पालिकाको आम जनताको लागि बिरगंज स्थित होटेल साह दरबारमा २५ बेड सहितको आइसोलेसन वाड तयार गरेको छ।जगरनाथपुर गाउँपालिकाको कुनै पनि ब्यक्ति संक्रमित भएमा गापाले निशुल्क औषधि तथा संक्रमितलाई थप उपचारको लागि गापाको एम्बुलेन्स बाट आईसोलेसनमा लगिने भएको छ। संक्रमितको थप उपचार तथा आमनागरिकको ज्यान जोगाउन त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गापा अध्यक्ष जालिम मियाले घोषणा गर्नु भएको उपाध्यक्ष खातुनले बताउनु भयो।