बीरगंज, बैशाख २९
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाका सम्पुर्ण गाउँपालिकाबासीहरुका लागि गाउँपालिकाले जानकारीका लागि सूचना प्रकाशित गरेको छ। सखुवा प्रसौनी गाउँपालिका सम्पूर्ण गाउँपालिकाका नागरिकहरुलाई जानकारी गराइन्छ की गाउँपालिका भित्र कोई कसैलाई ज्वरो, रुघखोकी,जिउ दुख्ने तथा कोरोना भाइरस संक्रमण सम्बन्धि लक्षण देखिएमा तुरुन्त यस गाउँपालिका भित्र पर्ने ६ वडाहरूमा रहेको स्वास्थ्य चौकी वा नेपाल सरकार द्वारा मान्यता प्राप्त स्वास्थय संस्था र स्वस्थकर्मी बाट मात्र सल्लाह सुझाव लिई चेक जाँच अथवा औषधि लिन गाउँपालिकाले अपील गरेको छ । साथै गाउँपालिकाले आफ्नो गाउँपालिका बासीहरुकलागी एमबीबीएस डाक्टर र नर्स सहित अक्सिजनको बन्दोबस गरिसकेको जनाएको छ। भोलि देखि गाउँपालिकाको कुनै पनि नागरिकमा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने वा संका लागेमा निशुल्क चेक जाँच गरिने गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले बताएँ।