पर्सा । पर्साको पोखरीया नगरपालिकामा बाल बिवाह अन्त्यका लागि बिभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम भएका छन । पोखरीया नगरपालिकाको वडा नं.२, ३, ६, ७, ८ र ९ मा कार्यक्रम आयोजना भएको पंजिकरण शाखाका सुनिल कुमार रामले जानकारी दिनुभयो । सो प्रशिक्षण कार्यक्रममा स्थानिय जनप्रतिनिधी,स्वास्थ्य स्वयम सेवीका, सुरक्षाकर्मी, बिभिन्न बिध्यालयका प्र.अ तथा बिवाह गराउने पुरोहितको सहभागीता रहेको रामले जानकारी दिनुभयो ।
नगरपालिकाको तर्फबाट बिजय कुमार झा, बालमीकी साहले संयुक्तरुपमा प्रशिक्षण दिनुभएको हो । मुख्य रुपमा बालबिवाह न्युुनिकरण तथा जन्मदर्ता बनाउन उदेश्यका साथ प्रभावकारी तवरले सो कार्यक्रम आयोजना गरिएको प्रशिक्षक झाको भनाई छ । युनिसेफको आर्थिक सहयोग तथा पोखरीया नगरपालिकाको आयोजनामा यस वर्ष ६ वटा वडाहरुमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कुल १० वटा वडा रहेको पोखरीया नगरपालिकामा गएको वर्ष ४ वटामा सोहि कार्यक्रमहरु सम्पन्न भएको थियो ।