बीरगंज, बैशाख २९
पर्सा प्रहरीले भारत बाट भन्सार छलि गरी नेपाल भित्रीयाइएको अन्दाजी मूल्य रू. १,१३,४०० ( एक लाख तेह्र हजार चार सय) मूल्य बराबरको कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा सहित ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडी बरामद गरेको छ।सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०१।२९ गते अं.०१:४५ बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चौकमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.१ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा सहित गाडी चालक जिल्ला बारा जितपुर उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई नियन्त्रणमा लिएको छ।आवश्यक कारवाहीका लागि गाडीको रू.६,१३,४०० मूल्याङ्कन गरी आजै मानिस, गाडी तथा कपडा बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।