जनकपुर, । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधादेश जारी गरेको छ ।मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले बताए ।
बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधादेश जारी गरिएको हो । घटनामा स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कुनै पनि सामूहिक रुपमा गरिने कार्य नगर्न निषेध गरिएको फुयलले बताए ।