बीरगन्ज । बीरगन्ज महानगरपालिकाले सडकपेटीमा फोहोर फाल्नेलाई कारवाही गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
महानगर अन्र्तगतका सडकपेटीमा फोहोर फाल्ने ४ जनालाई कारवाही गरीएको हो । सडकपेटीमा फोहोर फालेवापत चारैजनालाई जरिवाना तिराइएको महानगरले जनाएकाे छ ।
जथाभावी फोहोर गर्ने राजु सरार्फलाई २५००, संतोष २०००, अनिल सरार्फलाई ५००० र उमेश ब्याण्डलाई ८००० जरिवाना गराइएको बीरगन्ज महानगरपालिकाले जनाए।