बीरगंज,वैशाख ३०
प्रदेश नम्बर २ मा प्रदेश सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारेर सुभकामना सन्देश दिदै भोली वैशाख ३१ गते सार्वजनिक बिदा रहने बताउनु भएको छ ।त्यस्तै मुख्य मन्त्री राउतले सुभकामना संदेश मार्फत विश्व भरी फैलिएको कोरोना महामारीका कारण अन्य वर्ष जस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा सरकारले जारी गरेको मापदण्डहरूलाई पालन गर्दै घरमै बसि पर्व मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा अपील गरेका छन् ।