बीरगंज,वैशाख ३०
दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमण तिब्र गतिमा समुदायमा फैलिरहेको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् ।वीरगञ्ज बैंकर्स ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो ।आउने आइतबारदेखि शुक्रबारसम्म वीरगञ्जको कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंकका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए ।कोभिडबाट बैंकका कर्मचारीहरु सङ्क्रमित हुनथालेपछि कर्मचारी र सेवाग्राहीको स्वास्थ्य लाई ध्यानमा राखेर ग्रुपले यस्तो निर्णय गरेको साहले बताए ।यद्दपी, चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि जस्ता महत्वपूर्ण कामहरु नरोकिने उनले बताए ।ग्रुपले सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन आग्रह गरेको छ ।