वीरगंज, जेठ २
कोभिड एक्सन टीम पर्साको बैठक आज सम्पन्न भएको छ । टिमका संयोजक एव् जिल्ला समन्वय समिति पर्साका सभापती नेक महमद अंसारीको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड एक्सन टीमलाई, सकृयताका साथ परिचालन गर्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरस वा सामान्य रोगका विरामीलाई समेत कतिपय अस्पतालहरुले भर्ना नलिएको गुनासाहरुप्रती ध्यानाकर्षण भएको जनाएको छ । टीमले अस्पतालका सेवा सुविधालाई नागरीक मैत्री बनाई सुरक्षित साथ सहज ढंगले सेवा प्रवाह गर्न आग्रह गर्ने निर्णय समेत गरेको जनाएको छ । त्यस्तै आज बसेको टीमको बैठकले कोभिड एक्सन टीमका संयोजक एव् जिल्ला समन्वय समितिका सभापती नेक महमद अंसारीको नेतृत्वमा पर्साका अस्पतालहरुको सेवा सुविधाको प्रभावकारीता र भौतिक संरचनाको अवस्था बारे अनुगमन समेत गरीने निर्णय गरेको हो । बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाली काँग्रेसका पर्सा सचिव श्याम पटेल, नेकपा एमालेका प्रतिनिधि संजिव मिश्रा,जसपाका नेता तबरेज अहमद,पत्रकार अमित अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।