पर्सा । मधेस प्रदेशको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दइएिको छ ।
प्रत्येक वर्ष चैत र कात्तककिो शुक्ल षष्ठी तथकिाि दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाउने गरिन्छ । चारदवसिीय चैते छठ पर्वको आइतबार तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरवलि, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारको अर्घ्य अर्पण गरिएको छ ।
पर्वको पहिलो दिन बर्तालुले नहाय खाय विधी, दोस्रो दिन खरना गरिएको थियो । खरनाका दिन बर्तालुले दिनभरी उपवास गरेर कुलदेवताको पूजा गरी बेलुका प्रसादग्रहण गरेका थिए ।
पर्साको ऐतिहासिक घडिहर्वा पोखरीलाई दुलहीझैँ सिगारेर छठ मनाइँदै छ । पर्साका ग्रामीण क्षेत्रमा पनी हर्षोल्लासका साथै चैते छठ मनाइएको छ । छठ पर्व मान्नाले दुःखबाट मुक्ती सन्तान प्राप्ती चर्मरोग निको हुने र पारिवािरक सुखशान्ती हुने जनविश्वास छ ।