कलैया,जेष्ठ २


"नहुनेले लिएर जाऊ , हुनेले दिएर जाऊ " नाराको साथमा कलैयाको गुप्ता पेट्रोल पम्प, सिदार्थ स्विट अगाडी, केसर स्बिट अगाडि, नेपाल टेलिकम अगाडि र कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा मास्क बैंक स्थापना गरीएको जानकारी भ्वाईस अफ बाराको अध्यक्ष तथा यस कार्यक्रमको अध्यक्ष महम्मद शाहिद रजाले दिनुभएको छ।कोभिड – १९ को दोस्रो चरणको महामारी बाट सिङ्गो देश नै अक्रान्त भएको परिस्थितिमा बारा जिल्ला पनि अछुतो नभएकोले आज कलैयाको पाँच ठाउँमा मास्क बैंकको स्थापना गरीएको छ।सम्पुर्ण सर्बसाधरणलाई मास्कको पहुँच होस भनि उद्देश्यले यस बैंकको स्थापना गरिएको हो । भ्वाईस अफ बाराको आयोजनामा तथा ल्यान्स क्लब अफ कलैया, बारा उधोग बाणिज्य संघ कलैया बारा, मरवाडि सेवा समिति कलैया बारा र जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा मास्क सँचालन भएको मास्क बैंकको स्थापना जानकारी समेत भ्वाईस अफ बाराका अध्यक्ष रजाले जानकारी दिनुभएको छ। भ्वाईस अफ बाराको अध्यक्ष महम्मद शाहिद रजाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भ्वाईस अफ बाराको सचिव अमित गुप्ता , भ्वाईस अफ बाराको सदस्य सँदिप केसरी, ल्यान्स क्लब अफ कलैयाको अध्यक्ष दिलिप चौधरी, मरवाडि सेवा समिति कलैया बाराको महासचिव भरत अग्रवाल, मरवाडि सेवा समिति कलैया बाराको सदस्य मनोज कुमार पोद्धार, जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष नबिन अग्रवाल , बारा उद्योग वाणिज्य संघ कलैया बाराको अध्यक्ष राजकुमार साह तेलि लगायतको उपस्थिति रहेको थियो। ।