बीरगंज , जेष्ठ २
जिल्ला प्रहरी कार्यालय पर्साले बाल यौन दुर्व्यहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज म.न.पा.वडा नं.२० हरपतगंज बस्ने बर्ष २२ को सरोज चौरसिया रहेका छन ।मति २०७८।०१।३१ गते अन्दाजी १३:३० बजेको समयमा ९ बर्षीय बालिकालाई खेल्दै गरेको अवस्थामा धान दिन्छु भनी प्रलोभन देखाई आफ्नै घरमा बोलाएर भर्याङमुनि एकान्त स्थानमा लगी करणी गर्ने आशयले पछाडिबाट समाती निजको संवेदनशील अंगहरूमा हात पुर्याई यौन दुर्व्यवहार गर्दा निज बालिकाले प्रतिकार गरेर निजबाट फुत्कीन सफल भएकी थिइन ।उनले आफ्ना अभिभावकलाई जानकारी गराएपश्चात् निज पीडितको बुवाले आज मिति २०७८।०२।०१ गते यस कार्यालयमा कानूनबमोजिम कारबाही गरिपाऊँ भनी जाहेरी दर्खास्त दिएका छन् । चौरसियालाई आजै १३:०० बजेको समयमा निजकै घरबाट पक्राउ गरी बाल यौन दुरव्यवहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।