वीरगन्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि - १० क्रिकेट लिग प्रतियोगितामा
वीरगन्ज बैंकर्स ग्रुपले आयोजक नेपाल राष्ट्र बैंकलाई हराएको छ ।
टि - १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा आयोजक नेपाल राष्ट्र बैंकलाई
वीरगन्ज बैंकर्स ग्रुपले ९ विकेटले हराएको हो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा
८० रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले ८ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पूरा गरेपछी नेपाल राष्ट्र बैंक ९ विकेटले पराजित हुन पुगेको हो ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको आयोजक नेपाल राष्ट्र बैंकले निर्धारित १० ओभरमा ६ विकेटको क्षतीमा ७९ रन बनाएको थियो ।
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि - १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएको उनले बताए ।