जनकपुरधाम- जनकपुरधाममा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।बुधबार राति धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार राति करिब ९ बजेको समयमा प्रहरीमा खबर आएपछि प्रहरी पुग्दा शव पूर्ण अवस्थामा जलेको थियो।
साथै, सोही ठाउँमा एक बालिकासमेत जलेको अवस्थामा फेला परेकी थिइन्।
नायव उपरीक्षक अवाले भने,’महिलाको शव पूर्णतया अवस्थामा जलिसकोकेले चिन्ने अवस्था थिएन। महिलाको मृत्यु भइसकेको थियो। छेउमै ८/९ महिनाको बालिकासमेत जलेको तर जिउँदै अवस्थामा रहेकाले प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा केही समयपछि बालिकाको समेत मृत्यु भयो।’
प्रवक्ता अवाका अनुसार प्रहरीले अनुसन्धान गर्दै जाँदा महोत्तरीको मनरा सिसवा नगरपालिकाकी प्रियंका महतो रहेको खुल्न आएको बताए। शवलाई चिन्नका लागि प्रहरीले उनको परिवारजनलाई खबर गरेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।