वीरगन्ज,जेष्ठ २
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को बैठक आज सम्पन्न भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ का कारण भर्चुअल माध्यमले भएको बैठकमा अध्यक्ष राजेश कुमार कर्णले प्रदेश भरिका पत्रकारहरुको हीतको पक्षमा काम गर्न कुनै पनि अर्थमा बिलम्ब गर्न नहुने धारणा राख्नुभएको थियो ।बैठकमा कोभिडको कारण मृत्युवरण गरेका पत्रकारहरुप्रति शोक प्रस्ताब पास गर्दै संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निशुल्क उपचारको लागि सबै तहका सरकारलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।बैठकले पत्रकारहरुको लागि स्वास्थ्य तथा सुरक्षा सामग्रीको व्यबस्थापन गर्ने निर्णय गर्दै कार्यलय संचालन, खाता संचालन, परिचयपत्र बितरण, कार्यलय भजन निर्माणको लागि जग्गा खोज्ने र वेभ साइट निर्माण समेत अबिलम्ब गर्ने निर्णय आजको बैठकले गरेको छ ।बैठकको संचालन महासचिब श्याम बन्जाराले गर्नुभएको थियो । बैठकमा सहभागि सबै पदाधीकारी एवं सदस्यहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।