बीरगंज, जेठ २


पर्सा जिल्लाको बीरगंजस्थित रहेको नारायणी अस्पतालको कोभिड वार्डमा कोभिड एक्सन टिम पर्साले अनुगमन गरेको छ।कोरोना भाइरस सङ्क्रमितको उपचारको क्रममा विभिन्न स्वास्थ्य संस्थाबारे सुनिएको गुनासो बारे कोभिड एक्सन टिम पर्साले अनुगमन गरेको हो।अनुगमन गर्दै कोभिड एक्सन टिम पर्साले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नारायणी अस्पतालले अहिलेसम्म गरेको कामको प्रशंसा गरेको छ।नारायणी अस्पतालमा कोरोना रोकथामका लागि अहिलेसम्मको काम राम्रो छ । उच्च मनोबलका साथ काम गर्न कोभिडएक्सन टिम पर्साले आग्रह गरेको छ |नारायणी अस्पतालको कोभिड अस्पतालको व्यवस्थापनका लागि यहाँको आवश्यकतालाई मध्यनजर गर्दै कोभिड एक्सन टिम पर्साले सहयोग गर्ने जनाएको छ । हामी यहाँको सवै वातावरण मुल्यांकन गर्छौ जे कुराको आवश्यक छ तत्काल समाधानका लागि पहल गर्ने र्छौ। अहिले नागरिकको उपचारमा लागेका स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न कुनै कसर बाँकी नराख्ने कोभिड एक्सन टिम पर्साले जनाएको छ। अनुगमनको क्रममा कुरुवाबाट कोरोना भाइरस सङ्क्रमण सर्ने देखिएको छ।नारायणी अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचार हुने ठाउँमा कुरुवाहरुको भीडभाड बढी हुने र संक्रमित सँगै बसेर कुरुवाहरु बाहिर जाने घरमा जाने घरबाट आउने साथी संग भेट्ने पसलमा जाने गरेको हुनाले संक्रमण झन फैलन सक्ने देखिएको छ।मृत्यु भएको बिरामीका आफन्त घर फर्किन्छ त्यहा स्वास्थ्य मापदण्ड कति पालना भएको हुन्छ भन्न सकिदैन कतिपय केश त्यही गाउँ ठाउँबाट आएको हुनाले पनि संक्रमणको जोखिम निकै बढेको छ । कुरुवालाई संक्रमित संग नरहन भन्दा उल्टै कुरुवाहरुले डाक्टर माथि रिस बोकी झगडा गर्न लागेको डाक्टरहरुले बताएका छन्। जनशक्तिको अभावमा उपचार गर्ने समस्या भएको डा. सरोज रोशन दशले बताएँ।उहाँले बिरामीका कुरुवा रहनु स्वास्थ्यको मापदण्ड बिपरित भएपनि त्यसलाई ब्यवस्थापन गर्न नसकिएको प्रष्ट पार्नु भयो । बिरामीलाई सेवा दिन आवश्यक जनशक्तिको माग गरिएको छ तर त्यो आपूर्ती भएको छैन डा. दासले भन्नु भयो कुरुवा ब्यवस्थापन नहुदा कोरोना भाइरसको संक्रमण निरन्तर बढने देखिन्छ यो त संक्रमणको साइकल नै बने जस्तो छ ।नारायणी अस्पतालमा इमरजेन्सी सहितका तीन बल्कमा कोभिड संक्रमीतहरुको उपचार भइरहेको छ । हरेक बल्कमा तीन जना स्टार्फ नर्स एक जना चिकित्सकले २४ घण्टा सेवा दिइरहेका छन । अन कल चिकित्सकको (बोलाउदा आउने ) सेवा पनि उपलब्ध छ । त्यो संगे डा.सरोज रोशन दासले समेत २४ घण्टा सेवा दिइरहनु भएको छ । उहाँसंगै अन्य चिकित्सक पनि सेवामा संलग्न छन । अक्सिजन सिलिण्डर बोक्नकालागि दुई जना कर्मचारी छन उनीहरुले काम गर्दा गर्दै नभ्याएपछि बिरामीका आफन्तले नै सिलिण्डर बोक्नु पर्ने अवस्था आएको अस्पतालका चिकित्सक प्रवक्ता डा. सरोज रोशन दासले बताउनु भयो । जनशक्तिको अभावले अक्सिजन पुगाउन गार्हो भएको छ। एकै ठाउँमा एकै चोटी ५ /६ वटा अक्सिजन सिलिण्डर खपत हुने र एउटा सिलिण्डर पुर्याउन २ जनाको आवश्यकता परेको हुँदा जनशक्ति नभएर अक्सिजन सिलिण्डर पुर्याउनमा समस्या आएको डा.दासले बताए।जनशक्तिको अभाव पूरा गर्न कोभिड एक्सन टिम पर्साले आश्वासन दिएको छ।साथै कोरोना भाइरस सङ्क्रमणका उपचारमा संलग्न रहेको चिकित्सकहरुलाई धन्यबाद समेत दिएका छन्। अनुगमनको क्रममा कोभिड एक्सन टिम पर्साको नेक महमद अंसारी, श्याम पटेल, तबरेज अहमद, संजीव मिश्रा,अमित अग्रवाल लगायतको उपस्थिति रहेको थियो।