बीरगंज, जेठ ३
दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमण तिब्र गतिमा विश्व लगायत हाम्रो देश नेपालमा पनि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनमा दैनिक ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने व्यक्तिलाई कठिनाइ भएको छ। यस्ता कठिनाई परेका बारा जिल्लाको महागढीमाई नगरपालिका , करैयमाई गाउँपालिका , नयाँबस्ती , आसामटोल र बेलवा बजारका व्यक्तिहरुलाई लकडाउन नखुलेसम्म परिवारको पालनपोषण गर्नेका चामल , दाल,आलु, पियाज , र साबुन राजबाबु साह, कृष्ण यादव र चन्दन साह गरी तीन जना मिली दिने प्रतवद्धता गरेका छन्।साथै लकडाउन अवधिभरि घर बाहिर ननिस्कन आग्रह गर्दै आवशयक खाद्यान्न सामग्री आफै घर घर सम्म पुर्याउन बताएका छन्। यदि कोई महानुभावहरु यस्तो सामाजिक कार्यमा सहयोग गर्न चाहनुहुन्छ भने वहाँहरुलाई हामी स्वागत गर्छौ।रजाबाबु शाह ९८६९१७८८१८ ,कृष्णा यादव ९८५११७०७९१ र चन्दन साह ९८५५०२५२३१ मा सम्पर्क गरी आवशयक परेको बेला खाद्यान्न सामग्री लिन सक्नु हुनेछ।