बीरगंज,जेठ ३
बीरगंज महानगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेशनल इन्फोटेक कलेजले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।बीरगंजस्थित रहेको नेशनल इन्फोटेक कलेजका संस्थापक निर्देशक इनिजिनियर मनिष सिंहले महानगरपालिकाले स्थापना गर्न लगाएको अक्सिजन प्लान्टका लागि ५१ हजार रुपैयाँ सहयोग दिएका हुन् ।नगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका निमित्त अक्सिजनको मागलाई पूर्ति गर्नका अक्सिजन प्लान्ट स्थापना गर्ने दुई करोड भन्दा पनि बढी रकम लाग्ने भएकोले जनस्तरबाट सहयोग मंगेका थिए ।उनको अपिल पढेर इनिजियर सिंहले तत्कालका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले कलेजबाट थप सहयोग गर्न आफुले पहल गर्न प्रतिबद्धतासमेत व्यक्त गरे ।