बिरगंज । सांसद बिना देबि जैलसवालले आन्दोलनको क्रममा घाईत भई उपचारको क्रममा नेता ठाकुर प्रसाद डाँगीको निधन भएकोले उनलाई शहिद घोषण गर्न माग गर्नु भएको छ ।
राप्रपा पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभाको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद जैसवलाले सरकारले हाम्रो माग सम्बोधन नगरे थप सशक्तरुपमा आन्दोलनका कार्यक्रम अगाडि बदाउने पनि बताउनु भयो ।
पार्टी पर्साका जिल्ला वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पार्टीका नेता पानालाल पटेल , अनिल कुमार कुशवाहा, रामेश्वर यादव, मनोहर चौरसिया, छटु साह, राज किशोर यादव, शिव पूजन शाह, परमानन्द शाह, राजेश पटेल, जोगिंदर कुर्मी, दीपेश शाह, मुकेश शाह, धीरज पटेल, आयुष गुप्ता र रमेश कापर लगायतको सहभागिता रहेको प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो।