बीरगंज,जेठ ३
बीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचररत् रहेका कोरोना भाइरस सङ्क्रमितका लागि कोभिड एक्सन टिम पर्साद्वारा खाजा वितरण।कोभिड एक्सन टिम पर्साद्वारा नारायणी अस्पताल बिरगंजमा उपचाररत् कोभिड १९ का संक्रमित बिरामीहरूका लागि दूध, पावरोटी र अण्डा गरी १५० थान खाजा डा.सरोज रोशन दासलाई हस्तानतर गरेको हो। कोभिड एक्सन टिम पर्साले हिजो नारायणी अस्पतालमा अनुगमन गरी अस्पतालको समस्या समधान गर्न प्रतिबद्धता गरेको थियो।उक्त प्रतिबद्धता निर्वाह गर्दै आज खाजा वितरण गरिएको कोभिड एक्सन टिम पर्साले जनाएको छ। वितरण कार्यक्रममा नेक महमद अंसारी, श्याम पटेल, तवरेज आलम ,बाबुराम कौशिक, संजीव मिश्रा, समीर अख्तर, इम्तियाज, दिपेश, प्रकाश, अफ्रोज, सजाद लगायतको उपस्थिति रहेको थियो।