वीरगञ्ज- मुद्दा मिलाइदिन्छु भनी रकम लिने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २० बहडिलवा बस्ने दुर्गा साह कानु रहेका छन्।
पक्राउ परेका साहले ज्यानसम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनी छ लाख ठगी गरेको बारा प्रहरीले जानकारी दिएको छ।
थुनामा रहेको व्यक्तिको आफन्तले दिएको जाहेरीको आधारमा साहलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।