बीरगंज,जेठ ३
बाराको कलैया उप महानगर पालिका वडा नम्बर -१८ मोतिसरमा आज मदन भण्डारी र जीवन राज आश्रितको २८ औ स्मृति दिवसको अवसरमा प्रदेश कमिटि -२ ले वृक्षारोपन गरेको छ। वृक्षारोपनका लागि मलेशियन साल ,गुलमोहर जातका बिरुवाहरु लगाईएको कुरा राज महमद रायले जानकारी दिए। उक्त वृक्षारोपन कार्यक्रममा वडा अध्यक्ष अमिका प्रसाद यादव ,प्रभु साह , ने.क .पा .एमाले क्षेत्रीय कमिटि सदस्य कुशेश्वर साह ,पुर्व गा .वि .स .अध्यक्ष ध्रुव राउत अहिर ,शम्भु साह ,ईब्राहिम राय ,राम प्रवेश साह कानु ,हिरा लाल साह ,शुमिन्त्र कुमारी साह ,लक्ष्मीना देवी राम ,संस्कार एफ एमका जिउत यादव लगायत स्थानियवासीहरु उपस्थित रहेका थिए।