बीरगंज। मधेश सरकारको योजना अन्तर्गत पर्साको जिराभवानी गाँउपालिकामा गरिएका बिकास निर्माणको कार्य गुणस्तरहीन कार्य भएको स्थानियले आरोप लगाएका छन। जिराभवानी गाँउपालिका वडा नं ३ को परसवा भोलाटाडीदेखि वडा नं २ को बसन्तपुरको लाटो माई मन्दिरसम्म गरिएको ग्रेभल गुणस्तरहीन रहेको स्थानीयले जनाएका छन। प्रदेश सभासद शंकर चौधरीले निर्वाचन क्षेत्र बिकासको योजना अन्तर्गत सो कार्य गरिएको हो। पचास लाख रुपैया बिनियोजित सो योजनालाई सभासद चौधरीको कार्यकर्ता शम्भू चौधरीको नेतृत्वमा उपभोक्ता समिति गठन गरी सो योजनाको कार्य सम्पन्न गरिएको छन।


करिब तीन किलोमीटर सडकमा माटो पुरी ग्रेभल गर्ने कार्य रहेपनि उपभोक्ता समितिको नेतृत्वदायी भूमिका निर्वाह गरेका शम्भू चौधरी माटो नभरेका ३/४ इन्च मोटो ग्रेभल बिच्छयाएका जिराभवानी गापा वडा नं २ का नागेन्द्र गुप्ताले बताए। सरकारी मापडण्ड अनुसार ग्रेभलमा ७०ढुंगा र बाकी माटो र बालुवाको मिश्रण हुनु पर्छ तर यस बाटोमा बालुवामा १० प्रतिशत मात्र मसिना गिटी रहेको गुप्ताको भनाई छन। सो कार्य गुणस्तरहीन भएको भन्दै सेढवाका केही यूवाहरूले बिहिवार बिरोध गरेका थिए। जसका कारण करिब ४ मिटर बाटोमा बालुवा नबिच्छयाएका स्थानीले जनाएका छन।
अन्य क्षेत्रमा ग्रेभल गरेका सडक नै अवरोध भएका छन। सेढवादेखि भोलाटाडीसम्म गरिएका ग्रेभलका कारण सवारी साधन नै चलाउन नसकने भएका यात्रीहरुले गुनासो गरेका छन। ग्रेभलमा ९० प्रतिशत भन्दा बढि बालुवा भएका कारण साईकल र मोटर साइकल डोरयाउनु परेको जगरनाथपुर १ निवासी इब्रान गद्दीले बताए। संचालनमा रहेका राम्रो सडकलाई ग्रेभल गरी बिगारिएको गद्दीले बताए। सो सडकमा मोटरसाइकल दुर्घटना भई आधा दर्जन महिलाहरु घाइते भएका स्थानियले जनाएका छन। मोटरसाइकलमा चालक संगै पछाडी बसेका महिलाहरु चक्का चिपिलिएर लडदा घाईते भएका जनाइएका छन।
सो सडक चार बर्ष अगाडी अर्थात आर्थिक बर्ष २०७६/७७ सालमा ४५ लाख रुपैयाको लागतमा माटो पुरी ग्रेभल गरिएका थिए। सो योजना पनि प्रदेश सभासद शंकर चौधरीकै रहेका थिए र उनकै कार्यकर्ताहरुले सो काम पनि गरेका थिए।