वीरगन्ज, जेठ ३


वीरगंजका अस्पतालमा सोमवार ८ जनाको मृत्यु भएको छ । सोमवार नारायणी अस्पतालमा पाचजना र भवानी अस्पतालमा दुईजना तथा वीरगंज हेल्थकेयर अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोजरोशन दासले पाचजना सङ्क्रमितको मृत्यु भएको बताए । उनले बारा जिल्ला निवासी ठेगाना स्पष्ट नखुलेको ४६ वर्षिय पुरुष सङ्क्रमितको सोमवार बिहान पौने दुईबजे निधन भएको बताए ।उनले मृतक पुरुष बैशाख २० गते अस्पताल भर्ना भएको जानकारी गराएका छन । यसैगरी वीरगंज महानगर–८ गहवा निवासी ५० वर्षिया महिलाको पनि बिहान पौने दुई बजे निधन भएको उनले बताए । महिला बैशाख २३ गतेदेखी अस्पतालमा भर्ना थिइन । वीरगंज–२२ निवासी ४५ वर्षिय पुरुषको बिहान ६ बजे र वीरगंज–१६ राधेमाई निवासी ५२ वर्षिय पुरुषको बिहान पौने दशबजे निधन भएको संयोजक डा. दासले बताए ।यसैगरी भवानी अस्पतालमा कालिकामाई गाउपालिका–२ निवासी ४८ वर्षिय पुरुषको बिहान ७ बजे र र सखुवाप्रसौनी गापा २ निवासी ७० वर्षिय पुरुषको दिउसो सवा तीनबजे निधन भएको बताए । यसैगरी वीरगंज–१० आदर्शनगर निवासी ६५ वर्षिय पुरुषको वीरगंज हेल्थकेयर अस्पतालमा बिहान पौने १२ बजे निधन भएको जिल्ला प्रशासन कार्यलय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए ।