रौतहट,जेठ ४
रौतहटको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा न. ७ का वडा अध्यक्ष राम ईशवर राय यादवको उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो । रौतहटमा पछिल्लो समय कोरोना संक्रमणले उच्च रुप लिएपछि वडा अध्यक्ष यादवलाई १५ दिनअघि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरि उपचार गराउदै आउनु भएको थियो । रौतहटमा रहनु हुदा नै कोरोना संक्रमण पुष्टि भइ थप उपचार काठमाडौ पुर्याइएको थियो । उपचाररत रहनु भएका ५५ वर्षिय यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । सोही क्रममा वडा अध्यक्ष यादबको सोमबार बेलुका निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताउनु भयो ।