बीरगंज,जेठ ४


काेभिड एक्सन टिमले आज एक कोरोना भाइरस संक्रमित महिलाको उपचारमा सहयोग गरेको छ।बिरगंज महानगरपालिका वाड नं २१ परवानीपुरकी २८ बर्षकी एक महिला काेराेना संक्रमित भई वीरगन्ज हेल्थ केयरमा विगत १० दिन देखि उपचार गराई रहेकी अवस्थामा हिजाे साेमबार बेलुकी एकासी अवस्था खराब हुँदै गएपछि अस्पतालका डाक्टरले काेभिड एक्सन टिमलाई जानाकारी गराएका थिए। काेभिड एक्सन टिमलाई जानकारी पाए लगत्तै काेभिड एक्सन टिमले २ घण्टा सम्म सम्पूर्ण अस्पतालमा हाईफ्लाे अक्सिजन सहितकाे आइसियु खोजिरहेको बेला नारायणी अस्पतालका निमित्त मेसु डाक्टर इमामुल हककाे सहयाेगमा नारायणी अस्पतालमा आइसियु सहितकाे भेन्टिलेटर उपलब्ध भयाे र ती महिलालाई वीरगन्ज हेल्थ केयर अस्पतालबाट नारायणी अस्पतालमा रातीकाे ११ बजे ल्याई उपचार भइरहेको छ। उपचाररत महिलाको अवस्था अहिले ठिक रहेको काेभिड एक्सन टिमले जनाएको छ। यस अघि काेभिड एक्सन टिम पर्साले गरेको प्रतिबद्धता निर्वाह गर्दै आइरहेको छ। साथै कुनै पनि कोरोना भाइरस सङ्क्रमितको उपचार कमी कमजोरी भएमा अथवा स्वास्थ्यमा समस्या आएको बेला काेभिड एक्सन टिम पर्सालाई जानकरी गराउन काेभिड एक्सन टिम पर्साले अपील गरेको छ।
काेभिड एक्सन टिम पर्सा हेल्प लाइन नम्बर:- ९८४५०२२०७३ , ९८५५०२८१८२ ,९८५५०४००७५ ,९८५५०३३६०१ , ९८५५०३३००१ , ९८०७२४२६६०