वीरगञ्ज, जेठ ४


पर्साको ग्रामिण भेगमा अनुगमन नहुदा किसानहरु मलखाद तथा धानको बीउ बिक्रि बितरणमा किसानहरु ठगीमा परि रहेका छन।सखुवा प्रसौनी गाउपालिकाको वडा नम्बर, ४ देउरबनामा मलखादको बिक्रीबितरणको बिलको विषय लिएर झडप भएको छ | स्थानीय बेराहीम देवानले वडा नम्बर, ४ मा रहेको श्री फिजा कृषि सहकारी संस्था लि.देउरबनाले किसानलाई मलखादमा ठगी गरेको आरोप लगाएका छन।देवानले डिएपी रु २३५० प्रती बोरा,युरिया रु ९०० प्रती बोरा र धानको बिउ प्रति बोरा रु २८०० मा बिक्रवितरण गरिरहेको स्थानीयवासी बेराहीम देवानले बताउनु भएका हो।स्थानीय देवानले श्री फिजा कृषि सहकारी संस्था देउरबनावाट खरिदगरेको मलखाद तथा धानको बीउ वापतको आफूले विल मंगादा सो सस्थाले बिल नदिएको हुदा झडप भएको देवानले बताए। साथै सांस्थाहरुले मलखाद र बीउ आफ्नो मनोमानी मुल्य लिइ बिक्री बितरण गरिरहेको र यसमा सम्बन्धित निकाय गाउँपालिकाले कुनै चासो तथा अनुगमन न रहेको र आफ्नै घरपरिवार मिलेर सहकारी संस्था खोलेर मनोमानी मुल्यमा मलखाद बिक्रीबितरण गरिरहेको स्थानियजुमदीन देवानले गुनासो गरे।साथै जनप्रतिनिधी र संस्थाका संचालकहरु मिलोमतोमा किसानहरु माथी शोषण गरिरहेको जुमदीन देवानले गुनासो गरे। यस विषयमा श्री फिजा कृषि सहकारी संस्था ली देउरबनाका संचालक जुल्फकार अन्सारी संग बुझदा आफनो सस्थावाट सो मलखाद र धानको बीउ खरिद नगरेको हुदा आफू बिल न दिएको बताए।यश बिस्यमा सखुवाप्रसौनी गाउँपालिका कृषि शाखा प्रमुख दयाराम पौडेल सङ्ग बुझ्दा आफू सो घट्ना स्थलमा पुगी अनुगमन भैरहेको र अनुगमन पछी बिस्तृत कुरा जानकारी गराउने बताए।यस्तो कोभिड 19 को माहामारीमा आफू किसानहरुको समस्या बुझिदिने कोही न रहेको स्थानिय जुमदीन देवानले आफ्नो दुखेसो पोखेका थिए।