बीरगंज,जेठ ४
पर्साको जिराभवनि गाउँ पालिकामा आफ्नै श्रीमान र ससुरा मिलि बुहारीलाई निर्घात कुटपिट गर्नु को साथै कपाल मुन्डन गरेको घटना सार्वजनिक भएको छ । जिराभवानी गाउँ पालिका वार्ड नम्बर एक महादेव पटि को बलुवा का स्थानीय रेखा देवि लाई उनका श्रीमान राजु साह तेलि र ससुरा भिनेसरि साह तेलि ले घरायसी झगडा को बिसय लाई लिएर निर्घात कुटपिट गर्नुको साथै कपाल मुण्डन गरेको घटना सार्वजनिक भएपछी निज ससुरा र श्रीमान लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो । पक्राउ गरिएका श्रीमान र ससुरा लाई आवश्यक कार्वाही को जिल्ला प्रहरी को हिरासतमा राखी थप अनुसन्धान गरि कानुन अनुसार कडाभन्दा कडा कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।