बीरगंज,जेठ ५


पर्सा जिल्लाको तीन नगरपालिक मध्ये पर्सागढी नगरपालिकाले यतिबेला अनियमितता र भ्रष्टाचारको गम्भिर दलदलमा फसेको समाचार प्रकाशमा आएको छ । बारम्बार बिकास निर्माण योजना कार्यन्वयनमा डुब्लीकेशनमा रमल्लिएको पर्सागढीमा हरेक काममा कमिशन बिना कुनै काम हुनै छाडेको कुरा भुक्तभोगीहरु बताउन थालेका छन ।पर्सागढी नगरपालिकामा भएको अनियमितताको बारेमा सम्बन्धी निकायमा समेत उजूरी परेको भएपनि अहिले प्रतिकूल अवस्थाका कारण छानबिनमा बिलम्ब भएको समाचार समेत प्राप्त आएको छ । अझ गत बर्ष केषी सडक निर्माणका्ृे लागि प्रदेश सरकारले उपलब्ध गराएको एक करोड रुपैंयाँमा झण्डै ५० लाख रुपैंया भ्रष्टाचार गरिएको समेत आरोप नगरपालिका नेतृत्वमा लाग्न थालेको छ ।पर्सागढीमा बिषयगत कार्यालयको नाममा आउने रकमा समेत कमिशन कुम्ल्याउने गरेको बताइन्छ । गत बर्ष कोरोना भाइरसको संक्रमितलाई बीरगन्जमा रहेको एक होटलमा जम्मा १० दिन १८ जनालाई राखिएको भएपनि ४० दिन राखिएको भन्दै मुश्किलले ३ लाखले हुने खर्चलाई बढाएरु १३ लाख रुपैयाँ भुक्तानी गर्न दबाव दिन थालिएको समते बताइन्छ । सो नगरपालिकामा स्वरोजगार कार्यक्रम, कृषी, महिला, बालिका, स्वास्थ्य, सरसफाई, इन्धन, भैपरि आउने खर्च र जनचेतना मुूलक कार्यक्रम सुचानमा समेत लाखौंको लुट मच्चाइएको समाचार प्रकाशमा आएको छ ।अझ बजार मूल्य भन्दा बढीमा समान खरिद गर्नुका साथै समान खरिद नै नगरि फर्जी बिल भौचर बनाउन लगाएर भुक्तानी गर्न लगाउनुले जनप्रतिनिधीहरुको नियतमाथि समेत गम्भर खालको प्रश्नचिन्ह खडा हुन थालेको छ ।उता नगरप्रमुख आफै अध्यक्ष रहेको गैरसकारी संस्थाको नाममा समेत लाखौं रकम भुक्तानी गरेर पदीय दूरुपयोग गरेको समाचार प्राप्त हुन आएको छ । यस बारेमा नगरप्रमुख लोक नारायण यादब संग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन भने प्रमुख प्रशासकीय अधिकृत शालिग्राम ढकालसंग बारम्बार फोन गरि बुझ्न खोज्दा मोबाइल उठेन ।